काठमाडौं : उत्तम केसीको प्रस्तुति रहेको सिनेमा ‘जन्ती बाख्रो’ युट्युबमा रिलिज भएको छ । उत्तम केसी कै कथा, सुवास गौतमको निर्देशन रहेको सिनेमा शुक्रबार चुईचुई पारेर टिभी युट्युब च्यानल मार्फत प्रसारण गरेको हो ।
बिहेमा खुवाइने भोज जन्तीबाख्रो र बिहेको परम्परा पासा खेल्ने, माहुर खुवाउने, शिलक भन्ने, खैजडी भजन सहितकोलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिएको छ ।
दुर्गा केसी र दुर्गा भण्डारी निर्माता रहेको सिनेमामा अर्जुन गुरुङ, विनिता भण्डारी, लक्ष्मणविक्रम बस्नेत, मुकुन्द मैनाली, आयुस दाहाल, मिना जिसी, ज्योत्सना मगर, भुवन हुमागाईं, मनोज केसी, मनिषा रिजाल, नवराज तिवारी, भूमिका दाहाल, सानुप्रसाद घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ ।
ब्राण्ड यु पिक्सचर्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको गीतमा शुभबहादुर सुनामको संगीत, प्रमोद ढुंगानाको शब्द रचना र पुस्कर सुनुवारको स्वर एवं एरेञ्ज रहेको छ । साजन घलेको छायांकन तथा सम्पादन रहेको छ ।















