Sur Cinema

बलरामले ज्यान दिदाँ पनि लक्ष्मण र सन्जनालाई तनाव

सुरेन्द्र थापा

सुरेन्द्र थापा

काठमाडौं : बैशाख महिना चलेको छ । यतिबेला धेरैको बिहेको चटारो चलिरहेको बेलामा गायक बलराम परियार र गायिका मेलिना राईको संयुक्त आवाजमा ‘घरमा त उस्कै हो भन्दिएँ’बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मोडल लक्ष्मण भण्डारी र सन्जना गुरुङलाई भने तनाव छ । उमेर पुगेर सबैको घरमा बिहे चल्दा पनि आफ्नो नहुँदा उनिहरु तनावमा परेका हुन् । उनीहरुलाई वास्तविक जिवनमा तनाव नभई एक गीतको भिडियोमा भएको छ ।

आइतबार सार्वजनिक गीतमा सबैको बिहे भइसकेको तर आफ्नो के कारणले नभएको भन्दै स्रोता तथा दर्शकमाझ गुनासो पोखेका छन् । सुजन बाबु गुरुङको शब्द तथा संगीत रहेको यस गीतमा यस्तै भाव पोखिएको छ । गीतलाई एरेन्ज विशाल निरौलाले गरेका छन् ।

बिक्रम चौहानको निर्देशनमा बनेको यस गीतको भिडियोमा लक्ष्मण भण्डारी र सन्जना गुरुङलाई निकै सुन्दर देखिएको छ। गीतको भिडियोलाई मोडल भण्डारीकै युट्युव च्यालनमार्फत हेर्न सकिन्छ। यसअघि मोडल भण्डारीले ‘लेखान्त’,‘परी’लगायत दर्जनौ गीतमा अभिनय गरेका छन् ।