Sur Cinema

४३ औं दिनमा ‘माग्ने राजा’को छायांकन सम्पन्न

काठमाडौं : सिनेमा ‘माग्ने राजा’को छायांकन सम्पन्न भएको छ । निर्माण टिमका अनुसार काभ्रेको बल्थलीबाट सुरु गरेको सिनेमा ४३ दिनको दिन चोभारमा एक गीतको छायांकन गर्दै इन्ड्क्ल्याप गरिएको हो ।

सिनेमाका निर्देशक ऋषि लामिछाने हुन् भने मुनाल घिमिरे सिनेमाका निर्माता हुन् । सामिप्यराज तिमल्सिनाले कथा रहेको सिनेमाको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् । सिनेमा आगामी वर्षको तिजमा रिलिज हुनेछ ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको सिनेमालाई आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ । सिनेमामा केदार घिमिरे, आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सन विक्रम राई, र शिशिर वाङ्देल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ।