काठमाडौं : गायिका एलिना चौहान चर्चामा छिन् । घरेलु हिंशा उनी माथी भएको भन्दै सामाजिक सन्जालमा उनको न्यायको लागि आवाज उठिरहेका छन् । तर उनी आफू भने मौन छिन् ।
अर्की गायिका ज्योती मगरले सामाजिक सन्जालमा एउटा पोस्ट गरेर पछि हटाएको थियो साथै गायक तथा सर्जक बद्री पङ्गेनीले ३ जना भएको भिडियो पोस्ट गरेर पछि हटाइएको थियो । त्यसपछी एलिना माथी सहानुभुतिको वर्षा भएको छ । तर के एलिना सहानुभूति पाउन लायक पात्र हुन त ? उनी माथी हिंशा भएकै हो भने त उनले सहानुभूति मात्रै होइन न्याय नै पाउन पर्छ । तर उनको बिगत नियाल्दा उनीमा जति फण्डाको क्षमता नायिका पूजा शर्मामा पनि छैन कि भन्ने लाग्छ ।
“कट्टा हान्दिन्छु” गीत सार्वजनिक गर्ने समय एलिनाको ब्रेकअपको खबर बाहिर आएको थियो । उनले पनि यो स्विकार गरेकी थिइन । तर गीत चलाउन उनले गरेको फण्डाको सत्यता एक महिना मै बाहिर आयो । ब्रेकअप भयो भनेकै बिष्णु सापकोटा संग उनले लगन गाठो कसिन ।
अहिले आएर फेरि सम्बन्ध बिग्रीएको चर्चा बिच उनले नया गीत सार्वजनिक गरेकी छन् । “एक्लै पनि जिन्दगी” बोलको गीत ल्याउन कै लागि पो यो विवादको हल्ला चलाइएको हो कि ? यसो हेर्दा त अष्ट्रेलिया भएका बिष्णुले उनी माथी हात उठाउनु निलडाम हुनु त नाटकै पो हो कि ? एलिना अहिले संचार माध्यममा पुगेर आफुलाई तनाब भएको बताउन थालेकी छन् ।















