Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सौरभको ‘कर्मा’मा उपासना

काठमाडौं : सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको सिनेमा ‘कर्मा’मा कलाकारको ‘लाइनअप’ बलियो बन्दै गईरहेको छ । यो सिनेमाको मुख्य भूमिकामा केही समय अगाडि अभिनेता विपिन कार्कीलाई अनुबन्धित गरिएको थियो भने यसैबीच सिनेमाको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन् ।

सिनेमामा उपासना अभिनेता विपिन कार्कीको जोडीको रुपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिन लागेको जानकारी प्राप्त छ ।

एक्सन ड्रामा जनरामा निर्माण हुने यस सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । निर्देशक चौधरीका अनुसार यो सिनेमामा अभिनेता विपीनलाई पहिलो पटक एक्सन अवतारमा भूमिकामा देख्न पाइनेछ ।

मंसिरको दोस्रो सातापछि छायांकनमा जान लागेको ‘कर्मा’लाई नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते रिलिज गर्ने टार्गेट राखेर काम अगाडि बढाइएको निर्देशक चौधरीले बताएका छन् । यो सिनेमाको छायांकन दाङ र रुकुममा गरिनेछ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने सिनेमामा बसन्त लम्सालले लगानी रहनेछ । सिनेमामा विपिन, उपासना र मुकुनका अलवा अन्य कलाकारहरू छनोटको चरणमा छ ।