Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘डोरी’मा अञ्जना

काठमाडौं : मङ्सिर दोस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमा ‘डोरी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएकी छन् । अञ्जनासँगै यस सिनेमामा अभिनेता प्रकाश घिमिरे पनि अनुबन्ध भएका छन् ।

जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस सिनेमामा यसअघि कलाकारहरू प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहा लगायत प्रवेश गरेका थिए । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको यस सिनेमालाई अरुण लामाले निर्देशन गर्ने छन् ।

‘डोरी’को कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको संघर्षशील युवाको वरिपरि घुम्ने निर्देशकले जनाए । उनका अनुसार सिनेमामा हाँसो, त्रास, र असफलतासहितको संघर्षलाई रोचक तरिकामा प्रस्तुत गरिने छ ।

सिनेमाको लेखन निर्देशक लामाले नै गरेका छन् भने मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् । यसका निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाइएको छ भने कार्यकारी निर्माता राज थापा रहेका छन् । यसमा सङ्गीत राजनराज सिवाकोटी, सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशन राजु तामाङले गर्नेछन् । ‘डोरी’ आगामी वर्ष सन् २०२५ मा रिलिज लक्ष्य राखिएको छ ।