Sur Cinema

‘द एन्जल्स ब्यान्ड’को ‘कति छन्’ सार्वजनिक

काठमाडौं : ‘द एन्जल्स ब्यान्ड’ले ‘कति छन्’ शीर्षकको नयाँ गीत सार्वजनिक गरेको छ। यस गीतमा ब्यान्डका प्रमुख गायक राजु लामाले स्वर दिएका छन्।

यस गीतको संगीत र शब्द स्व. सुनिल बर्देवाले तयार पारेका थिए। यो गीतले नेपाली संगीतप्रेमीहरूमाझ बर्देवाको योगदानलाई पुनः ताजगी स्मरण गराएको छ। गीतको भिडियोमा द एन्जल्स ब्यान्डका सदस्यहरूको प्रस्तुति रहेको छ, जसमा गायक राजु लामासँगै राजेश, बिकाश र ताशी रहेका छन्।

यो गीत आरएल डिजिटल रेकर्डिङ स्टुडियो, बाल्टिमोर, अमेरिकामा रेकर्ड गरिएको हो र भिडियो पनि अमेरिकामा नै तयार पारिएको छ। भिडियोको निर्देशन र छायांकन संगमले गरेका छन् भने ग्राफिक्सको काम बालकृष्ण श्रेष्ठले गरेका छन्। भिडियो सम्पादनमा अन्जय खड्का र बालकृष्ण श्रेष्ठले सहकार्य गरेका छन्। गायक लामाले भिडियोको अवधारणा तयार पारेका हुन्।