Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

पौराणिक एक्सन थ्रिलर सिनेमा ‘डिएनए’को ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक

काठमाडौं : हालै घोषणा गरिएको नेपाली पौराणिक एक्सन थ्रिलर शैलीको सिनेमा ‘डिएनए’को टिजर सार्वजनिक गरिएको छ, जसमा नव अभिनेता सुधन पोखरेललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। छायाङ्कन अघि नै यो सिनेमाको ‘अनाउन्समेन्ट टिजर’ रिलिज गरिएको हो ।

टिजरमा अभिनेता सुधन पोखरेल एक व्यक्तिले रक्षा गर्न सङ्घर्ष गरिरहेको एक रहस्यमय बाकसबाट निस्किरहेको अनौठो प्रकाश देखेपछि अचम्मित भावमा देखिन्छन् । निर्देशक चानस पुन मगरका अनुसार उक्त बाकसबाट निस्किएको प्रकाश कुनै पौराणिक वस्तुको प्रतीकको रूपमा प्रस्तुत गरिएको छ। पौराणिक कथाको आधुनिक अनुकूलनमा आधारित यस थ्रिलर सिनेमामा सुधनसँगै दिपक केसी र चिरायु पौडेललगायतका कलाकारहरूलाई पनि देख्न सकिन्छ।

सिनेमा ‘डिएनए’ लाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा लेखन र निर्देशन गर्दैछन् । सिनेमाको छायाङ्कन भने आउँदो फाल्गुनमा सुरु गर्ने योजना रहेको छ ।

सिनेमामा राजु तामाङको एक्सन निर्देशन रहनेछ । सुशान्त केसी र प्रशान्त योगीले छायाङ्कन गर्नेछन् भने सहायक छायांकार यज्ञलाल ज्ञवाली हुन् । मानस्वी मालाकारको सङ्गीत, चिरायु पौडेलको मुख्य सहायक निर्देशन, गणेश क्षेत्रीको सम्पादन, वर्षा क्षेत्रीको कस्ट्युम डिजाइन, सुदीप पाण्डेको रङ्ग संयोजन, सुदिल धितालको साउन्ड डिजाइन, रोयल भीमसेनको पोस्टर डिजाइन तथा ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन रहनेछ ।