काठमाडौं : सारिका घिमिरको स्वरमा रहेको गीत ‘झुम्के फुली’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, संगीत र योगेशकाजी शाहको संगीत संयोजन रहेको गीतमा मनोज परियारले मिक्सिङ/माष्टरिङ गरेको हो ।
वीरेन्द्र भाट ‘विपिन’को निर्देशन रहेको गीतको भिडियोमा वीरेन्द्रकै सम्पादन र लोकेश भाटको सह-सम्पादन छ । नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुलिरहेकी छिन् ।















