Sur Cinema

नाटक ‘अगम’ : सन्तान प्राप्तिका लागि एक दम्पतीले गरेको सङ्घर्षको कथा

काठमाडौं : सन्तान प्राप्तिका लागि एक दम्पतीले गरेको सङ्घर्षको कथा हो नाटक ‘अगम’ मन्चन भैरहेको छ । नाटकमा आशा/निराशाका कथा छन्, जसले हाम्रो समाजमा महिलामाथि हुने अनेकन अत्याचारका मुद्दाको झलक दिन्छ । जुन सामान्यतया लुकाइन्छ र बेवास्ता गरिन्छ ।

एउटी महिला आमा बन्न नसकेपछि परिवार र समाजको दबाब कुन स्तरको हुन्छ र महिलाको मानसिक अवस्था कस्तो हुन्छ भन्ने कुरालाई नाटकमा देखाउन खोजिएको छ ।

महिलाको आँखाबाट भनिएको कथाले महिलाको पीडामा केही हदसम्म मलहम लगाउन सकिन्छ कि भन्ने आशाले नाटक निर्देशन गर्न होमिएको लेखक तथा निर्देशक प्रीतिशा अधिकारी बताउनुहुन्छ ।

नाटकमा सुष्मा निरौला, उमेश सुनाम, दिपेश काफ्ले, सोनिका शाही ठकुरी, स्वर्णिम चाम्लिङ, सनम श्रेष्ठ, सुष्मा लामा, रोशन, बसु बराललगायतको अभिनय रहेको छ भने सहायक निर्देशकमा रोशन रहनुभएको छ ।