Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

शर्मिलाको ‘मन सिउने धागो’ : एक नारीको पति वियोगको कथा

काठमाडौं : शर्मिला बर्देवाको स्वर समावेश गीति भिडियो ‘मन सिउने धागो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतले एक नारीको पति वियोग बोल्छ । युवावस्थामै पति गुमाउन पुगेकी एक युवतीको पीडालाई निर्देशक उत्तम श्रेष्ठ ‘शिशिर’ले भिडियोमा प्रस्तुत गरेका छन् ।

भिडियोमा मोडल तथा गायक पेमा दावा लामासँगै कृतिशा केसी फिचर्ड छन् । नरेश आएरको टिमले छायांकन गरेको भिडियोमा सम्पादन र कलरिङ मिन रावलको छ । यो भिडियोलाई सरोज परियारले निर्माण गरेका हुन् ।

गीतको अडियोतर्फ कम्पोज मीरा रानाको छ भने एरेञ्जको काम मनोहर सुनामले गरेका छन् । मिक्सिङ तथा मास्टरिङ भोला पौडेलको छ ।