Sur Cinema

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं : बिवाहको विषय माथी निर्माण भएको सिनेमा ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त ट्रेलर सार्वजनिक गरिएको हो ।

छोरी मान्छेको उमेर बढेपछि विवाह गर्न मुस्किल हुन्छ भन्ने परम्परागत नेपाली समाजको मान्यतालाई सिनेमाले व्यंग्य गरेको छ । यसले नेपाली समाजको विवाह पद्दति र संस्कारलाई घुमाउरो ढंगले प्रश्न पनि गरिएको छ ।

असोज १७ गते दशैंको घटस्थापनाबाट प्रदर्शनमा आउने सिनेमामा निश्चल बस्नेत र स्वस्तिमा खड्काका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।

https://youtu.be/FyBNdvgNPtM?si=w5Q6Bq8EehV6WPEv