Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘कल्ली’मा सौगात मल्ल अनुबन्धित

काठमाडौं : रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने सिनेमा ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको सिनेमामा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । सिनेमामा महेश दवाडीको पटकथा तथा संवाद छ । सिनेमाका निर्माण प्रमुख सुरज आचार्य हुन् ।

यो सिनेमा नयाँ वर्ष २०८२ को छेको पारेर चैत्रको २९ गतेबाट रिलिज हुँदैछ । सिनेमाको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए । तिहारपछि सिनेमाको छायांकन सुरु हुनेछ ।