Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘मेरी चन्द्रमा’ : किरण र अन्जनाको जमेको केमिस्ट्री

काठमाडौं : प्रकृति फिल्म्सको प्रस्तुतिमा नयाँ गीत बजारमा सार्वजनिक भएको छ। शनिबार सार्वजनिक ‘मेरी चन्द्रमा’ बोलको गीतमा उजन शाक्यको स्वर रहेको छ। गीतमा उजनकै कम्पोज र म्युजिक प्रोडक्सन रहेको छ।

भिडियोमा भने किरण श्रेष्ठ र अन्जना बराइलीको जोडी देख्न सकिन्छ। यि दुईको जोडी गजब देखिएको छ। गीतको बिटमा ठुम्का लगाउँदै आकर्षक डान्स गरेका यि दुईको केमिस्ट्री पनि भिडियोमा लोभलाग्दो देखिएको छ।

भिडियोको परिकल्पना, कोरियोग्राफी र निर्देशन किरण स्वयंले गरेका छन्। भिडियोमा शरद महतोको डिओपी रहेको छ। भिडियोका सम्पादक कृष्ण भण्डारी हुन्।

गीतको अडियो जत्तिकै दमदार बनेको छ भिडियो पनि। निकै आकर्षक लाग्छ भिडियो। गीत किरण श्रेष्ठले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।