Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

देश दौडाहामा निस्कियो ‘रावायण’ टिम

काठमाडौं : गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘रावायण’ आजबाट देश दौडाहामा निस्किएको छ । रिलिजपछि काठमाडौं उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेको सिनेमा टिमले मंगलबारबाट मोफसलका दर्शकको प्रतिक्रिया लिन लागेको हो ।

सिनेमाका प्रमुख कलाकार पल शाह, पुजा शर्मा, प्रकाश शाहलगायतको टिमले आज नेपालगञ्जबाट मोफसलका दर्शकको प्रतिक्रिया लिने काम सुरु गर्ने छन् । निर्माण पक्षका अनुसार सिनेमाको टिमले नेपालगन्जमा रहेको दुई सिनेमाघरमा दर्शक संगै बसेर सिनेमा हेर्दै दर्शकसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । सिनेमाको टिमले नेपालगञ्जपछि भोलि बुधबार दाङ र पर्सी बिहीबार धनगढीमा दर्शकको प्रतिक्रिया लिनेछ ।

केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सुरुमा ‘एडल्ट’ सर्टिफिकेट पाएको सिनेमाले पुनः सेन्सर गरेपछि पीजि सर्टिफिकेट पाएको थियो ।

सुदर्शन थापा निर्देशित सिनेमामा पल र पुजाका अलावा प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।