Sur Cinema

भव्य सेटअपसहित ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत रिलिज (तस्वीर )

काठमाडौं : शुक्रबार ठमेल स्थित क्युएफएक्स छाया सेन्टरमा भव्य सेटअप बनाइएको थियो। गेट भित्र छिर्ने बित्तिकै झकिझकाउ सेटले जोकोहीलाई पनि आकर्षित गर्थ्यो। उक्त सेटअप थियो सिनेमा ‘बेहुली फ्रम मेघौली’को गीत रिलिज कार्यक्रमको।

उसो त हल भित्र पनि सेट खडा गरिएको थियो। हल भित्र दायाँबायाँमा विवाहको मण्डप जस्तै झल्को दिनेगरि केराको खम्बा लगाइएको थियो। सिनेमाकी मुख्य नायिका स्वस्तिमा खड्का पनि बेहुली झै शृङ्गारिएकी थिइन्। अनि निश्चल बस्नेत पनि बेहुला झै देखिएका थिए। अन्य महिला कलाकारहरु पनि उस्तै गरि सजिएका थिए।

केही समय औपचारिक कार्यक्रम गरिएपछि सिनेमाको गीत ‘छड्के सलाम’ रिलिज गरिएको थियो। गीत हेर्दा कार्यक्रममा उपस्थित सबैजना रमाएका थिए। अब हेरौं गीत सार्वजनिक कार्यक्रमका तस्वीरहरु :-