काठमाडौं : निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको सिनेमा ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको लाइनअप बन्दै गएको छ । यसको निर्माणपक्षले सिनेमाका लागि अहिलेसम्म तीन जना मुख्य पात्रहरु फाइनल गरेको हो ।
एक्सन तथा सोसल ड्रामामा बन्ने यो सिनेमाको शीर्ष भूमिकामा ८ वर्षपछि महानायक राजेश हमाल देखिदै छन् भने नीति शाह पनि फाईनल भैसकेको छ । केहिदिन अघि निर्माण पक्षले कागजी सम्झौता गर्दै सनिशा भट्टराईलाई अनुबन्धित गराएको हो ।
क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने सिनेमा यही भदौबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ ।















