Sur Cinema

शिवको ‘धोकेबाज’मा आश्मा र ओबी

काठमाडौं : गायक शिव परियारको आवाजमा रहेको नयाँ गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ । बिहिवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

रविन लामिछानेको शब्द रहेको गीतमा युवराज मगरको संगीत रहेको छ। गीतको फिमेल भर्सनमा समिक्षा अधिकारीको स्वर रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा ओबी रायमाझी र आश्मा विश्वकर्माको अभिनय रहेको छ ।

आश्मा र ओबीको जोडीलाई दर्शकले ‘कट्टा हान्दिन्छु’ गीतमा रुचाएका थिए । यहि जोडीलाई लिएर तयार पारिएको ‘धोकेबाज’ को भिडियो ग्ल्यामर्स बनेको छ। मान कृष्ण महर्जनले खिचेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन् ।