Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

भदौ २४ बाट ‘वर एण्ड बधु’

काठमाडौं : मिलन चाम्स निर्देशित सिनेमा ‘वर एण्ड बधु’को प्रदर्शन मिति तय गरिएको छ। निर्माण टिमले बुधबार पोस्टर सार्वजनिक गर्दै आगामी भदौ २४ लाई प्रदर्शन मिति पक्का गरेको जानकारी दिएको हो।

एलआरके प्रोडक्शनको ब्यारनमा निर्माण भएको सिनेमामा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहेको छ। गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का लगायतका कलाकारहरुको पनि सिनेमामा अभिनय रहेको छ।

जानुमा थापा सिनेमाको निर्माता हुन्। सिनेमाको कार्यकारी निर्माताको रुपमा
अमित रिजाल रहेका छन्। यतिबेला सिनेमाको पोष्ट प्रोडक्सनको काम चलिरहेको छ। नेपाल र रोमानियाका विभिन्न स्थानमा छायांकन गरिएको सिनेमालाई सुदीप बरालले खिचेका हुन्।