Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

लघुसिनेमा ‘मृत्युकोष’को छायाँकन सम्पन्न

काठमाडौं : माधव राज खरेलको निर्देशनमा लघुसिनेमा ‘मृत्युकोष’को छायाँकन सम्पन्न भएको छ । काठमाडौं ललितपुर र नुवाकोटका विभिन्न स्थानमा छायाँकन गरिएको हो ।

सिनेमामा एक जना मानिसले आफ्नो जिवनको उत्तराधमा आएर भोग्नु परेको समस्याहरुलाई उठान गरिएको छ । नेपाली परिवेशमा पछिल्लो समय यूवाहरुको प्रवास पलायनको प्रमुख मारमा बृद्धबृद्धाहरु पर्ने गरेका छन् । यसै विषय बस्तु भित्र रहेर एउटा शसक्त सामाजिक सचेतनाको लागि पनि यो सिनेमाको निर्माण भएको निर्देशक खरेलले बताएका छन् ।

सिनेमामा तेज गिरी, गीता अधिकारी, प्रवण भुषाल, लिगेश भट्टराई, शान्तिप्रिय, राजन थापा, राजेन्द्र पाण्डे, दिपक थापा, नम्रता खरेल, सुमिरा गिरी, सपना जोशी, राजन खरेल, जनक सिंह, डा. राजिव यादव, सौरीका खरेल, राधिका खरेल लगायतको अभिनय देख्न सकिने छ ।

‘मृत्युकोष’लाई मुकेश हुँमागाइले खिचेका छन् भने उनलाई छायाँकार राजन खरेलले साथ दिएका छन् । उक्त सिनेमामा बिक्रम गौतमको मेकअप रहेको छ ।

एरा प्रोडक्सनको प्रस्तुती र संचारकर्मी कमला जोशी निर्माता रहेको उक्त सिनेमालाई खरेलले नै लेखेका हुन् । विगत लामो समय देखी नेपाली सिने क्षेत्रमा सक्रिय रहेका निर्देशक खरेलले नेपालको पहिलो मौन सिनेमा ढुङ्गे युग, बिरानो माया, ढुङ्गे युग २, कुईनेटो, दुर्गामाण्डौ, हेवे करैते भोर, गढीमाई, चिट्ठी लगायत सिनेमाहरुको निर्देशन गरिसकेका छन् ।