Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

कबिर भन्छन्, गरिमामा परिपक्वता आएछ ! (भिडियो सहित)

काठमाडौं : एक जोडी जसले करिब आधा दशक अघि स्कृन सेयर गरेको थियो । उक्त जोडी सिनेमा मार्फत एक साथ दर्शक माझ आउदै छन् । डेब्यु नायिका गरिमा शर्मा र कविर खड्काले करियरको सुरुवाति दिनमा म्युजिक भिडियोमा एक साथ काम गरेका थिए । जेष्ठ २५ गतेबाट हलमा आउँदै गरेको सिनेमा “लण्डन टु पेरिस” मार्फत यी दुई एकसाथ आउन लागेका हुन् ।

कबिर भन्छन् , ‘पहिलो पटक भेट्दा गरिमा सानी बच्चा जस्तै लाग्थ्यो । उमेर पनि कच्चा नै थियो । चुलबुलेपना पनि अलि ज्यादा नै । तर, समय अन्तरालमा सिनेमा सम्म आईपुग्दा गरिमामा परिपक्वता आएको देख्न सकिन्छ । यही कारण सिनेमामा गरिमा सङ काम गर्न सहज भएको थियो ।’

कबिर सिनेमा पढेको भएकोले अहिले सिनेमामा काम गर्दै गर्दा कबिरबाट धेरै कुरा सिक्न पाए । म्युजिक भिडियोको समयमा काम भन्दा बाहिर केही नसोच्ने समय रहेको बताउदै अहिले भने कबिर राम्रो साथी भएको गरिमा बताउछिन् ।

कबिर र गरिमा सङै यो सिनेमामा साम्राज्ञी आरएल शाह र निश्चल खड्काको पनि मुख्य भुमिका रहेको छ । घनश्याम लामिछानेले निर्देशन रहेको सिनेमाको कथा प्रदीप भारद्वाजले लेखेका हुन भने निर्माता अमित बस्नेत रहेका छन् ।