Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

निर्देशकलाई प्रदीपले चलाउछन् कि निर्देशकले प्रदीपलाई ?

काठमाडौं : चार वर्ष अघि अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगरले एउटै सिनेमामा अभिनय गरेका थिए । यहि सिनेमाको रोजी क्यारेक्टरबाट अभिनेता प्रदीप खड्काले मिरुनालाई हटारएर प्रमिता आरएल राणालाई खेलाएको आरोप लाग्यो । यो कुरा सुनेपछि प्रदीपसँग मिरुना रिसाएकी थिइन् । त्यहिबाट उनीहरुबीच सम्बन्ध राम्रो छैन् ।

के भएको थियो त ? यसबारेमा अभिनेता खड्काले आफै मुख खोलेका छन् । उनले सिनेमा ‘पुजार सार्की’को प्रमोसनका बेला मिरुना कि जसिता भन्ने प्रश्नमा उनले जब जसिता रोज्छन् । सँगै रहेका आर्यन सिग्देलले पनि प्रदीपलाई जसिता भनेर एक साथ भनेपछि कार्यक्रम प्रस्तोताले अरे, मिरुना भन्छन् । उनले एक वर्ष अघि मिरुनाले बोलेको कुराहरु आफुलाई स्क्रिन सर्ट पठाएको उल्लेख गर्दै त्यो बेला त्यो भुल चुक भएको बताए ।

उनी भन्छन्, मिस कम्युनिकेसन हो या मिस अन्डर्स्टाडिङ, मैले उसलाई भेट्न पाएको छैन् । यो उसलाई कसैले हटायो राख्यो भनेर ‘रोज’को केस या मेरो केसको कुरा हो भने चाहीँ मैले कसरी बुझ्छु भने गजनी भन्ने सिनेमा बन्यो । आमिर खानले मलाई रोल दिएन भनेर रिसायो भने कसको गल्ती हुन्छ ? ‘उनको भनाई अनुसार सिनेमामा को कलाकार छान्ने, को राख्ने भन्ने निर्णय आफ्नो सिनेमाका लागि आफैले खोज्दा रहेछन् ।

आफ्नो सिनेमामा को अभिनेत्री राख्ने, को नराख्ने भन्ने निर्देशकको कुरा हो । तर, फलाना रोलमा उनलाई सुहाउदैन, सुहाउँछ भन्दै प्रवचन दिइरहेका छन् । के निर्देशक भन्दा कलाकार जान्ने हो ? कि कलाकारले कलाकार छान्ने हो बुझ्न त गाह्रो छ त प्रदीप जी ? खास कुरा के हो ?