काठमाडौं : सिनेमा ‘रावायण’को छायांकन नसकिदै विभिन्न ब्रान्डको नाम सिनेमासंग जोडिन सुरु भएको छ । सिनेमाको स्टार कास्ट र निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्ट भएको कारण पनि धेरै ब्रान्डले सिनेमासंग जोडिन चाहिरहेका छन् । यही क्रममा एयर्लाइन्स पार्टनरको रुपमा यति एयरलाइन्स सिनेमामा जोडिएको छ ।
यति एयरलाइन्सका प्रतिनिधि संग निर्माता तथा नायिका पूजा शर्माले सहकार्य गरि हात मिलाएको तस्विर सार्वजनिक गर्दै यो जानकारी दिइएको छ । सिनेमामा कलाकार पूजा शर्मा , पल शाह, प्रमोद अग्रहरी, प्रियंका कार्की, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकारहरुको अभिनय रहनेछ भने सिनेमामा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, भीएफएक्स समिर मिया, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफि, श्री श्रेष्ठको एक्सन छ ।
सिनेमाको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको हो । सिनेमा वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफ.डी कम्पनीले गर्ने छ भने डिजिटल पार्टनर को रुपमा ओ.एस.आर डिजीटल रहेको छ । सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने सिनेमाका निर्माता सुदर्शन र पूजा हुन् । सिनेमा यसै वर्षको भदौ २१ गते तिजको दिनबाट प्रदर्शनमा आउने छ ।















