Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

गीत ‘मेरी आमा’ : आमा छोरा बिचको सम्बन्धको चित्रण

काठमाडौँ : आफ्नो जन्म दिने आमा र सम्पूर्ण आमा प्रति समर्पित ‘मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ ।आमाको मुख हेर्ने दिनको छेको पारेर यादु सुवेदीले ‘मेरी आमा’ बोलको गीत सार्वजनिक गरेका हुन् । भिडियोमा आमा र छोराको सम्बन्धलाई चित्रण गर्न खोजिएको छ । भिडियोमा मिथिला शर्मा र यदु सुवेदीको अभिनय रहेको छ।

गीतमा शब्द रचना,संगीत र स्वर यादु सुवेदीको रहेको छ उक्त गीतमा सुरज सिवाको संगीत संयोजन रहेको छ।दिनेश ठकुल्लाले निर्देशन गरेको भिडियोको छायांकन नरेश अयेरले गरेका हुन् भने सम्पादन र कलर टेकेन्द्र शाहले गरेका हुन् ।