Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘रित्तो गाउँ’को काठमाडौंमा विशेष प्रदर्शनी

काठमाडौं : रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार भएको डकुमेन्ट्री सर्ट सिनेमा ‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन गरिएको छ । यसअघि आधा दर्जन बढी सर्ट सिनेमा केही म्युजिक भिडियो निर्माण गरेका ज्ञवालीले त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रा.डा उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित रहेर डकुमेन्ट्री सर्ट सिनेमा निर्माण गरिएको बताएका छन् ।

शुक्रबार बेलुका कमलपोखरीस्थित बिग मुभिजनमा गरिएको प्रदर्शनमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलसहित व्यवसायी, विभिन्न संघसंस्थाका कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रह्यो। सिनेमाका कलाकारहरू हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र सविना राउतसहित निर्माण टिमका सदस्यहरू विशेष प्रदर्शनमा उपस्थित रहेको थियो ।

आनन्दराज प्रोडक्सनको ब्यानरमा राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको यस सिनेमाका निर्माता आनन्दराज शर्मा वाग्ले हुन् । कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कंडेल कार्यकारी निर्माताका रूपमा छन् भने निरज कंडेलको छायांकन रहेको सिनेमाको सम्पादन नहकुल खड्काले गरेका हुन् । सिनेमामा कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् भने साउण्ड डिजाइनर भरत कंडेल हुन्।