Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

नीतिको डेब्यु ‘माछा माछा भ्यागुत्तो’ भयो भने ?

काठमाडौं : पछिल्लो समय अवार्ड समारोहमा अवार्ड पाउने कलाकार मात्रै पुग्छन् । अन्तिम छनौटमा परेकाहरु अवार्डमा जान छोडेको लामै समय भयो । ढिलो गरि समारोहमा पुगेर पनि अवार्ड पाउनेहरु अवार्ड लिएर लुसुक्क फर्किन्छन् ।

अहिले सिनेमा प्रमोसनमा कलाकारको अवस्था लगभग यस्तै देखिन्छ । धेरै दुख गरेर मोडल नीति शाहले सिनेमामा ब्रेक पाएकि छन् । “खजुरे ब्रो” उनको पहिलो सिनेमा बनेको छ । हाल सम्म सिनेमाको टिजर, गीत र ट्रेलर रिलिज गरिएको छ । त्यस्ता सार्वजनिक सामाग्रीमा नीतिको उपस्थिती शून्य जस्तै लाग्छ ।

अझ उत्साहित हुँदै गीतमा एक झलक मात्रै देखिनु पनि आफ्नो लागि “सर्प्राईज” भएको बताउछिन उनी । तर, वास्तवमा दर्शकले र अन्य धेरै मेकरले मोडल नितिको दमदार डेब्यु आश गरेका थिए । ट्रेलर सम्म आईपुग्दा त केही देख्न पाईएला नि भन्ने सबैलाई ट्रेलरले निराश बनाएको देखियो । भन्ने नै हो भने ट्रेलरमा भन्दा धेरै त नीति लाई दर्शकले टिजरमा हेर्न पाएका छन् । निर्देशक सुरज सुनुवारले नीतीलाई हेर्न सिनेमाको प्रीमियर सम्म पर्खिन त भनेका छन् । तर, उनी र उनको टिमले नीतिको टिजर र ट्रेलरमा एउटै दृश्य राखेर बजारमा चलेको हल्ला (नितिको एक्स्प्रेसन राम्रो छैन्) लाई बल पुर्याइदिएका छन् ।

यता नीतिले भने सिनेमाको मुख्य भुमिकामा खजुरे रहेको बताउदै आफुले पाएको भुमिकालाई न्याय गर्न प्रयास गरेको बताएकी छन् । यसले उनी सिनेमाको महत्वपुर्ण भुमिकामा नभएको शंकालाइ प्रसय दिन मद्दत गरेको छ । निर्देशकले बिक्ने अनुहार भएकोले नीति लिएको बताएका छन् । तर, नीतिको यो सिनेमा डेब्यु हो । उता नीति पनि आफ्नो फ्यान बेस हेरेर नै सिनेमामा लिएको होला भन्छिन ।

निर्देशक र नायिका नै सिनेमामा चलेको अनुहार राखे पुग्छ भन्ने भ्रममा छन जस्तो देखिन्छ । तर, अभिनय कै कारण दर्शकको नजरमा परेका कलाकार रेयर राई, महेश त्रिपाठी लगायतबारे भने मेकरको खास चासो नगएको पाइन्छ । प्रमोसनमा जे जस्तो भए पनि सिनेमा रिलिज पछि दर्शकको मनमा बस्ने भनेको नै अब्बल अभिनय नै हो। नीति शाह को डेब्युलाइ हार्दिक शुभकामना ।