काठमाडौं : क्षित बाबु प्रोडक्सन हाउसको व्यानरमा बन्न लागेको सिनेमा ‘आम नागरिक’को गीत रेकर्ड गरिएको छ । ‘जब तिमी सँग मिठो प्यार भयो’ बोलको गीतमा पवित्रा परियारको स्वर, डा. भोला रिजालको शब्द र अर्जुन पोखरेलको संगीत छ । गीत अनामनगरस्थित ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो ।
सिनेमाका प्रस्तुतकर्ता पुस्कर राउत हुन् । यो सिनेमाको सार्वजनिक फस्टलुकले राम्रो चर्चा पाएको थियो । विनयराज पौडेलको डेव्यु निर्देशकिय रहने सिनेमाको कलाकारहरुको हाल धमाधम छनोटका काम भइरहेको छ ।
उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने सिनेमाको छायांकन चाँडै सुरु हुने निर्माण पक्षले जनाएको छ । सिनेमाको लेखन पनि स्वयम निर्देशक कै रहेको छ ।
दर्जन बढी सिनेमामा मुख्य सहायक निर्देशकका रुपमा काम गरिसकेका विनयले केही म्यूजिक भिडियो र टेलिसिरियलको पनि निर्देशन गरिसकेका छन् ।















