Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

प्रेम भावले सजिएको गीत ‘बिपनीमा भेटौँ भन्थेँ’ सार्वजनिक

काठमाडौं : नव गायक सौरभ खतिवडाको अवाजमा ‘बिपनीमा भेटौँ भन्थ्ये’ बोलको गीत सार्वजनिक भएको छ। प्रेम भावले सजिएको गीतमा कृष्ण खतिवडाको शब्द रचना र संगीत रहेको छ । गीतको संगीत संयोजन भने बिष्णु अधिकारीको रहेको छ । भिडियोमा दीपक बस्नेत तथा बिदुषी बन्जाडेको अभिनय रहेको छ । गीतको भिडियोलाई बिभुति बन्जाडेले निर्देशन गरेका हुन् ।

अमेरिकाको बाल्टिमोर, ओसन सिटि, फ्रेडरिक र आसपासका क्षेत्रमा छायांकन भएको गीतको भिडियो निकै आकर्षित बनेको छ । लामो समय देखि अमेरिकामा बसोबास गर्दै आएका बिभुति बन्जाडेले यहि म्युजिक भिडियोबाट निर्देशनमा हात हालेका हुन् । सार्वजनिक गीत सौम्य सिने क्रिएसन युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।