Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

आफ्नो मेहनत पो कम थियो कि ?

काठमाडौं : झरना थापा लभ स्टोरी सिनेमामा सफल निर्देशक हुन् भन्दा फरक नपर्ला । किनकि कलाकातिता चटक्कै छोडेर उनी निर्देशनमा होमिइन । र, उनका सिनेमा लगातार सफल थिए । तर, उनी माथी चलेको सिनेमाको नाम लिएर ‘ब्याज’ खाएको आरोप लाग्दै आईरहेको थियो । ‘ए मेरो हजुर ४’ सिनेमा सम्म आईपुग्दा खस्किएको उनको साख ‘एक भगवत् एक गीता’ सम्म आई पुग्दा हावा फुस्किएको बेलुन झै भयो । तर, उनी भने आफु र आफ्नो काममा कमजोरी रहेको मान्न तयार छैनन् ।

केही समय अघि सिनेमा राम्रो बनेको तर सम्पादनमा समस्या भएको उक्त सिनेमाका एक कलाकार बिपिन कार्कीले बताएका थिए । उनले पनि आफ्नो काममा कमि थियो कि भनेर हेर्नै खोजेनन् । अब झरना पनि आफू यो सिनेमालाई लिएर खुसी रहेको बताउछिन् । सम्झन लायक सिनेमा बनेको भन्दै इतिहासले सम्झिने उनको तर्क छ । तर, आफ्नै नायकले पनि सम्पादनमा सबैलाई अटाउन खोज्दा सिनेमा भद्रगोल बनेको बताउन भ्याएका थिए । र, यो कमजोरी मुख्य त निर्देशकले सिनेमा चुस्त बनाउन नसकेको भनेर झरना माथी नै लाग्छ ।

निर्माताको हिसाबले सुनिल कुमार थापाले सिनेमा नचलेको स्विकारे । आफुलाई तनाब भएर लामो ब्रेक लिन परेको पनि स्विकारे । तर, उनले पनि सिनेमा नचल्नुमा झरना सङ्गै धर्म गुरु लगायतले जानेर समस्या खडा गरेको भन्न सम्म भ्याए । तर कहि पनि सिनेमा मेकिङमा कमि भयो या भएन हेर्न चाहेनन् । अझ झरनाले त ‘पत्रकारलाई पैसा दिएको’ समेत खुलेआम बताईन । फेरि किन पत्रकारलाई पैसा बाढिन्छ त्यो त उनी बाढ्ने र उनको पैसा लिने बाहेक अरुलाई थाहा नहोला ।

समग्रमा सिनेमा चल्दा र नचल्दा पनि सिनेमामा कमजोरी हुन सक्छन् । कमजोरी नियाल्ने तर्फ भन्दा पनि सफलतामा “मैले” भन्ने र असफलतामा “फलानोले” भन्दै दोस दिदा रमाईलो मान्छन नेपाली मेकर । यसो गर्नु भन्दा आफ्नो काम नियाल्न सके आगामी प्रोजेक्ट अझ राम्रो बनेर आउने थियो कि ?