काठमाडौं : साहित्यकार तथा गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई पोखराको मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको हो ।
कविता, गीतसहित शृंगारिक गजलमार्फत प्रख्यात शिवको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियानसमेत थालिएको थियो । तर उनलाई बचाउन भने सकिएन ।















