Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सुदर्शनको सिनेमामा प्रदीप ?

काठमाडौं : सिने पत्रकार प्रकाश सुबेदीले भन्ने गरेको “सिनेमाजगतमा कोही कसैको स्थाई सत्रु र स्थाई मित्र हुदैन” पटक पटक सही सावित हुँदै आएको छ । र यहाँ यहि क्रम अब सुदर्शन थापा र प्रदीप खड्काको केसमा पनि दोहोरिएको देखिएको छ ।

सिनेमा ‘प्रेम गीत’ सम्म आईपुग्दा यी दुई सङै पूजा शर्मा र सन्तोष सेनको जोडी नछुटिने लाग्थ्यो । तर “पैसा” कारण बन्यो क्यारे, छुटिए र दुई समूह बने । धन्न दुबै समुहका सिनेमा ब्यवसायिक रुपमा भने सफल बने, इन्डस्ट्री छोड्नु पर्ने अवस्था आएन ।

अब ‘प्रेम गीत ३’ सम्म पुग्दा सन्तोष र प्रदीपकै सम्बन्धमा दरार आयो । अहिले यी दुई बिच सामाजिक सन्जालमा देखिने औपचारिकता बाहेक केही छैन् । त्यो पनि खोक्रो, नत्र सन्तोषका पोस्टमा प्रदीपलाई शुभकामनाका शब्द भए पनि प्रोफाईल मेन्सन नहुने अवस्था आउने थिएन ।

यी सब चल्दै गर्दा प्रदीपले सुदर्शनसंग सहकार्य गरेका छन् । सुदर्शनले,”फोटो खिच्ने र ब्रेकफास्ट गर्ने क्रममा भएका भलाकुसारी र ८ वर्ष ग्यापको कुराकानी मिठो थियो ।” लेखेर र प्रदीपले केही पाक्दै छ भन्दै एउटै तस्विर सार्वजनिक गरेका छन् । यी तस्विर र पोस्टले सम्बन्ध सुधारिएको मात्रै होइन्, कुनै काममा सहकार्य संभव भएको स्पस्ट हुन्छ । छुटेर बिग्रनु भन्दा त मिलेर सप्रनु अर्थात राम्रा प्रोजेक्ट दर्शक माझ आउनु सकारात्मक कुरा नै हो । बिस्तृत जानकारी पनि यी दुईले पक्कै दिने नै छन् ।