Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

विल्सनको हातमा ‘ज्वाइँ साब’

काठमाडौं : नायक विल्सन विक्रम राई आफै सिनेमा निर्देशन गर्ने तयारीमा पनि छन् । तर, उनले अन्य ब्यानरका सिनेमामा पनि धमाधम काम गरिरहेका छन् । उनै, विल्सनले अब नयाँ सिनेमा ‘ज्वाइँ साब’मा काम गर्ने पक्का भएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, सिनेमामा विल्सनको भूमिका पावरफूल छ ।

राजकुमार पण्डितको प्रस्तुतिमा रेड आई फिल्मस्ले ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण गर्न लागेको यो सिनेमालाई बसन्त निरौलाले निर्देशन गर्दैछन् । यो सिनेमामा जितु नेपाल, नीति शाह, हिमेश पन्त फाइनल भइसकेका छन् । विल्सन पनि सिनेमामा अनुवन्धित भएपछि यसपटक दर्शकले कमेडीको भरपुर आनन्द यो सिनेमामा लिन पाउनेछन् भन्ने अनुमान लगाउन सकिन्छ ।

मिनादेवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता विजय बस्याल हुन् । सिनेमामा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ । यो सिनेमालाई तिहारमा रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ ।