Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

तेस्रो ‘नेपाल ग्रामिण चलचित्र महोत्सव’मा ‘नाङ्गो गाउँ’ देखि ‘दिमाग खराब’ सम्म

काठमाडौँ : आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यहि वैशाख ६ देखी ८ गते सम्म हुने ‘तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव’ मा छनौटमा परेका सिनेमालाई प्रमाणपत्र प्रदान गरिएको छ । नेपाल पर्यटन बोर्ड काठमाडौँमा सोमबार प्री इभेन्टको कार्यक्रम आयोजना गरेर प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी रहेका थिए।

यस महोत्सवमा वास्तविक गाउँको कथाबस्तुमा आधारित सिनेमालाइ महत्व दिने सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । नेपाल ग्रामिण चलचित्र महोत्सव विगत ३ वर्ष देखि नेपालका सिनेमा घर नभएको जिल्लाहरुमा गाउँले परिबेशमा निर्माण गरिएका शर्ट सिनेमा, डकुमेन्ट्री र फिचर सिनेमालाई सहभागी गराएर गाउँ गाउँका दर्शकहरु समक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ्ग गर्ने र उत्कृस्ट सिनेमालाई अवार्ड समेत प्रदान गरिदै आएको उनले बताए ।

सिनेमा स्क्रिनिङ्गसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता सिनेमा बनाउने र कस्ता सिनेमाले दर्शकको साथ पाउनेछ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठी तथा पर्यटन प्रबर्धनसंगै नेपाली सिनेमालाई ग्रामिण बजारमा पुर्याउने उदेश्य रहेको उल्लेख गरे । अवार्ड पहिलो वर्ष गोरखाको लाप्राकमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको थियो । दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा कार्यक्रम सम्पन्न भएको थियो भने यस वर्ष भने रामेछाप नगरपालिका वडा नं. ८, रामेछाप बजार स्थित गौरिशंकर उच्च मा.वि.मा कार्यक्रम गरिने सापकोटाले बताए ।

महोत्सवका संयोजक कमल एक्चै मगर रहेका छन् उनले आफ्नै गृह जिल्ला रामेछापमा महोत्सव हुँदा खुसी लागेको बताए । महोत्सवमा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष दयाराम दाहालको संयोजकत्वमा जुरी कमिटि रहेको थियो । जुरीमा गणेश पाण्डे,भरत रेग्मी,ज्योतिराज राई र कुबेरराज गिरि रहेका छन् ।

फिचर सिनेमातर्फ निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’, दीपेन्द्र लामा निर्देशित ‘नाङ्गो गाउँ’, लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ र सत्यराज चौलागाईँ निर्देशित ‘बिच्छेद’ गरी ४ सिनेमा छनोट भएका छन् भने सर्ट सिनेमातर्फ ९, डकुमेन्टतर्फ ४ र भाषिक सिनेमातर्फ ३ वटा छन् । यी सिनेमाहरु महोत्सवमा प्रदर्शनपछि जुरीको निर्णयको आधारमा उत्कृष्ट हुनेलाई अवार्ड प्रदान गरिने जनाइएको छ ।