Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

रोमान्टिक हिरोको छवि बदल्ने प्रयासमा पल

काठमाडौं : चकलेटी लुक्स र रोमान्टिक अवतारमा दर्शकको माझ लोकप्रिय बनेका पल शाह अब भने एक्सन अवतारमा देखिदै छन् । निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्टको रुपमा चर्चा भैरहेको सिनेमा रावायणमा पलको एक्सन अवतार दर्शकले देख्न पाउने भएका हुन् । यसैको तयारीका लागि एक हप्ता यता पल एक्सन डिरेक्टर श्री श्रेष्ठको डिरेक्सनमा एक्सन सिकिरहेका छन् ।

दुई वर्ष यता पल सिनेमामा देखिएका छैनन् । तर, यहीँ बिचमा उनका दुई वटा सिनेमा भने प्रदर्शनको तयारीमा छ । लामो समयको अन्तरालमा आउदै गर्दा अब भने दर्शकले उनको लभर ब्वाई भन्दा भिन्न छवीमा उनलाई देख्न पाउने भएका छन् ।

प्रदर्शन मिती २०८१ भाद्र २१ गते तिजको दिनलाई राखिएको सिनेमा बैशाखबाट छायांकनमा जाँदैछ । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने सिनेमा सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् । सिनेमाको मुख्य कलाकारहरुमा पल सङै पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जगं शाहि, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकारहरुको अभिनय रहने छ ।

सिनेमामा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, बिक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी रहने छ भने सिनेमाको संगीतको सम्पूर्ण काम मुम्बईमा गरीएको हो ।