काठमाडौं : नेपालमा गणतन्त्र आयो । तर, के यो ब्यवस्थामा चै जनता खुसी छन त ? यही प्रश्नको वरपर रहेर चिज कुमार श्रेष्ठले राष्ट्रभक्ती सहितको गीत ‘आयो आयो गणतन्त्र’ तयार गरेका छन् ।
शिशिर योगीले गाएको गीतमा अमुल कार्की धलीको सङ्गीत रहेको छ । गीतका शब्द चिजले तयार गरेका छन् भने निर्माण पनि उनी स्वयम् कै छ ।
गीतको भिडियोमा गणतन्त्र प्राप्तिको समयका क्रमका केही दृश्य सङै चिज स्वयम् र निर्मल शर्मालाई फिचर गरिएको छ । यो भिडियो गौतम राज खड्काले तयार पारेका हुन् ।















