काठमाडौं : रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको सिनेमा ‘ज्वाइँ साब’मा नायिका नीति शाह फाइनल भएकी छिन् । निर्माणपक्षले नीतिसँग सोमबार कागजी संझौता गरेको हो ।
राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको यो सिनेमामा नीतिले कलाकार जितु नेपालसँग सहकार्य गर्नेछिन् । जितु सिनेमाको शिर्ष भूमिकामा अनुवन्धित भइसकेका छन् ।
सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्ने यो सिनेमामा कथाको माग अनुसार नै नीति शाहलाई फाइनल गरिएको निर्देशक बसन्त निरौलाले जानकारी दिएका छन् ।
सिनेमामा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । सिनेमाका कार्यकारी निर्माता विजय बस्याल हुन् । यो सिनेमामा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।
बैशाखको १५ गतेबाट सिनेमाको छायांकन सुरु हुनेछ । सिनेमाको प्रदर्शन मिति आउँदो वर्षको तिहारलाई फाइनल गरिएको छ ।















