काठमाडौं : एउटा जवानी बिर्सिएको जवान केटो प्रेममा परेपछि उस्को जिवनमा आउने उतारचढावलाई समेटेर तयार पारिएको कमल प्रसाईं निर्देशित म्युजिक भिडियो ‘मायाको रंग’ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा गायक शिशिर ठटाल र गायिका कौशिला क्षेत्रीको स्वर रहेको छ भने गीतमा शब्द संगीत पनि गायक ठटालकै रहेको छ । प्रसाईं स्वयंम् को छायांकन रहेको उक्त भिडियोमा शिशिर ठटाल, देबीमाया तामाङ, अरुण तिवारी, कौशिला क्षेत्री, सबनम तामाङ, सुक बहादुर सुन्दास, प्रकास बस्नेत, उज्वल दर्जी र कृष्णमाया पौडेलको अभिनय रहेको छ ।















