Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

फ्राइडे रिलिज ‘गोर्खा वारियर’

काठमाडौं : फ्राइडे रिलिज अन्तर्गत सिनेमा ‘गोर्खा वारियर’ आज फागुन ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको छ । भब्य प्रीमियर गरिएको सिनेमाले सोलो रिलिजको अवसर पाएको छ ।

मिलन चाम्सको निर्देशनमा तयार सिनेमाले सन् १९४९ मा मलाया जंगलमा गोर्खालीहरुले देखाएको वीरताको कथा भन्छ । सिनेमाको मुख्य भूमिकामा रितेश चाम्स छन् । उनी सङै सिनेमामा विजय लामा, रेअर राई, रेबिका गुरुङ लगायतका कलाकारको अभिनय छ ।

उच्च मेकिङसहित बनेको सिनेमामा चाम्सले नेपाली सिनेमामा नयाँ प्रयोग गरेका छन् । सिनेमामा द्वन्द निर्देशन हिमाल केसी र छायांकार सुदिप बराल रहेका छन् । महँगो बजेटमा बनेको यो सिनेमालाई लिएर निर्माताहरुको व्यापारिक अपेक्षा पनि उच्च छ ।