Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘उपहार’ ट्रेलर : भिन्न महिलाका कथा भित्रका अन्तरकथा

काठमाडौं : भिन्न तीन महिलाको कथा भित्रको अन्तरकथामा बनेको सिनेमा “उपहार” को ट्रेलर सार्वजनिक भएको छ । समाजले स्विकारेका, नस्विकारेका र अनैतिक भनेका सम्बन्धको कथा पनि सिनेमा भित्र सिलसिलेवर रुपमा प्रस्तुत गरिएको अनुमान ट्रेलर हेरेर गर्न सकिन्छ । काठमाडौं सहर भित्र बसिरहदा भिन्न भिन्न युवतिका भिन्न भिन्न सपनाका कथा पनि सिनेमाको बिषय बनेको देखिन्छ ।

तीन मिनेट सात सेकेन्डको ट्रेलरमै सिनेमाको सबै कथा अटाएको होकी जस्तो पनि लाग्छ । तर यसको वास्तविकता थाहा पाउन सिनेमा रिलिजको मिति फागुन २५ सम्म पर्खिनुको बिकल्प छैन् । समग्रमा ट्रेलरमा देखाईएका रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, सुस्मा कार्की, शिशिर राणा लगायतको अभिनय अब्बल छ । तर कहि कतै प्रस्तुती र डाईलगका कारण सिनेमा पुरानै ढंगबाट त अघि बढेको छैन ? भन्ने आशन्का पैदा हुन्छ ।

समग्रमा सिनेमाको ट्रेलर ठिकठाक छ । सिनेमामा रेखा, बेनिशा, पूजा, शिशिर सङै अभिनेताहरू मुकुन भुसाल, तेज गिरी र समर्पण जंग कार्कीको समेत मुख्य भुमिका रहेको छ । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रा.लीको संयुक्त प्रस्तुति रहेको सिनेमा ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । सिनेमाको कथा सुलक्षण भारतीले लेखेका हुन् । शुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा बलराम शाही ठकुरी छन् ।