Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘हात्तीछाप’लाई देशभरका हलहरुमा उल्लेख्य शोज

काठमाडौं : शुक्रबारदेखि रिलिज हुन लागेको सिनेमा ‘हात्तीछाप’ले देशभरका हलहरुमा उल्लेख्य शोज पाएको छ । यो सिनेमाप्रति प्रदर्शकको आशा पनि उच्च देखिएको छ । यो सिनेमाले देशभरका मल्टिप्लेक्स हलमा १६४ शोज पाएको छ । सिंगल हलहरुको समेत आँकडा गर्दा सिनेमाले करिब २ सय शोज देशभर पाएको छ ।

क्यूएफएक्स चेनले उपत्यकाका हलमा १५ शोज उपलब्ध गराएको छ । यस्तै, वान सिनेमाज् नयाँ बानेश्वरले ६ शोज उपलब्ध गराएको छ भने कालिमाटीमा रहेको वान सिनेमाजमा ४ शोज उपलब्ध गराएको छ । सिनेमालाई वीग मुभिजले ६ शोज दिएको छ । बिहानदेखि बेलुकासम्म सिनेमालाई अधिकांश हलले उच्च शोज दिएका छन् । चाबहिलको एफक्यूब हलले पनि यो सिनेमालाई ६ शोज उपलब्ध गराएको छ ।

देशभरका हलमा उच्च शोज पाएको यो सिनेमाले विकेन्डमा नै राम्रो ओपनिङ गरेको खण्डमा निर्मातालाई लगानी सुरक्षित गर्न धेरै दिन पर्खन नपर्ने निश्चित छ ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो सिनेमालाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणी नेपाल, बिजय बराल, पुष्कर गुरुङ, वुद्धि तामाङ, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ । सिनेमाले प्रिमियरबाट राम्रो तारिफ पाइरहेको छ ।