Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

अनमोल विरुद्ध उजुरी गर्नु सुदर्शनको पब्लिसिटी स्टन्ट मात्रै हो त ?

काठमाडौं : निर्देशक सुदर्शन थापाले सिनेमा ‘रावायण’ बनाउने बनाउँदै छन्। उनकै प्रोडक्सन हाउस मार्फत बन्ने सिनेमा उनी स्वयंमले निर्देशन गर्दै थिए । सिनेमा फ्लोरमा जाने तयारीमा रहँदा सिनेमाका मुख्यकलाकार अनमोल केसीले काम नगर्ने बताए । त्यसपछि थापाको तर्फबाट उनकी श्रीमती चन्द्रकला कटुवालले अपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा जाहेरी दिइन् । पटकपटक छलफलका लागि बोलाउँदा अनमोल न आएपछि शुक्रबार प्रहरीले सागाबाट उनलाई पक्राउ गर्यो ।

बाबू भुवन केसीका कारण उनी सिनेमा खेल्न राजी भएको बताईन्छ । उनले स्क्रिप्टमा परिमार्जन र आफुलाई चरित्रका लागि तयार हुन केही समय मागे । तर सुदर्शन मानेनन् । अन्तमा सामाजिक सन्जाल मार्फत आफुले न बताएसम्म कुनै सिनेमामा आफू अनुबन्धित रहेको खबर नबनाउन अनमोलले जानकारी दिए ।

‘रावायण’को एउटा सामाग्री पनि सेयर नगरेका उनले उक्त सिनेमा नगर्ने स्पस्ट भयो । अनमोलले सिनेमामा अनुबन्ध भएको कागजी सम्झौतामा साईन नगरेको स्रोत बताउँछ। तर उनले एडभान्स स्वरुप दस लाख रुपैया भने लिएको बताईन्छ । उनी सम्भवत पहिलाका सिनेमाहरुमा झैं पैसा फिर्ता गरेर अल्लगिने योजनामा थिए । तर यसपटकका मेकर पहिलाका झैँ देखिएनन् । सुदर्शन थापा न परे उनले अनमोललाई त्यतिकै पन्छिन दिएनन्। किनकी फ्लोरमा जाने भनेर अधिकांश प्राविधिकलाई उनले अग्रिम पारिश्रमिक दिइसकेको सुदर्शनको तर्क छ।

करिब डेढ करोड खर्च भइसकेको अवस्थामा अनमोलले सिनेमामा काम गर्दिन भन्दै हिडेपछि अहिले सम्मको सबै खर्च अनमोलमाथि थुपारेर क्षतिपुर्ती माग गरे ।

निर्माताले एक साथ खिचिएका तस्विर र म्यासेज स्कृन्सट प्रमाणको रुपमा प्रस्तुत गरेका छन्।जसलाई बलियो प्रमाण मान्न सकिँदैन । अनमोलले सही गरे या गरिरहेका छन भन्ने आसय पक्कै पनि यो आलेखको होइन् । उनी बिरामी नै नपरी अस्पतालमा थिए । आइतबार मात्रै उनलाई पुन हिरासतमा लिइएको छ। त्यसो त उनी हिरासत भित्र बस्न नमानेर बिरामी भएको नाटक गरेको भनेर बाहिर हल्ला छ। यदि बिरामी नभई अस्पताल त्यो पनि बिरामी नभइ । यो पक्कै सही होइन् ।

त्यस्तै अरुलाई बाचा दिनु र खर्च गराएर छोड्नु कानुनी रुपमा जस्तो फैसला आए पनि नैतिक रुपमा यो सही हुनै सक्दैन् । तर मिलाएझै गरेर शुक्रबार पक्राउ पर्नु भने संयोग मात्रै पक्कै होइन । कम्तिमा पनी तीन दिन हिरासतमा बस्नु पर्छ शुक्रबार पक्राउ पर्नेले । र अनमोललाई शुक्रबार नै पक्राउ गरियो ।

यतिबेला बजारमा एउटा हल्ला छ कि अनमोललाई सबक सिकाउन यो केस गरिएको हो । तर सबक सिकाउने बहानामा सुदर्शनले आफ्नो सिनेमाको हल्ला गरिरहेको यदाकदा केहीको आरोप छ। स्टन्ट गर्ने र पब्लिकसम्म पुग्ने पुरानै तरिका भए पनि सुदर्शनका सिनेमा यस्तै स्टन्टकै आडमा सफल हुँदै आएका छन् भनेर पनि केहीको प्रतिक्रिया छ।

सिनेमा ‘म यस्तो गीत गाउँछु दुई’को समय थियो । नायक पल शाह विरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । प्रीमियर राखियो । र आफुलाई प्रीमियरबाटै पक्राउ गर्ने जानकारी पाएको कारण पल त्यता नआई अर्कै बाटो लागे । सुदर्शनको सिनेमाको प्रीमियर, पललाई त्यही पक्राउ गर्ने योजना बन्नु पलले थाहा पाउनु र बाटो तताउनु । यसमा फाईदा कसलाई त भन्दा सिनेमालाई । उक्त सिनेमापछि पलविना सिनेमा नै नगर्ने भन्दै नायिका रोईन । यता निर्देशक पनि खुब रोए । सिनेमा चल्यो । दुबै निर्माता थिए फाईदामा गए भन्दा फरक नपर्ला।

हरेक पटक सुदर्शनका सिनेमामाथि विदेशी सिनेमा कपि गरेको आरोप पनि लाग्ने गरेको छ । तर उनको चाहिँ सधै होइन भन्ने तर्क हुन्छ। प्रेम कथामा बनेका सिनेमा उस्तै हुन्छन् भन्ने उनको राय हुन्छ। विगत नियाल्ने हो भने सुदर्शन नायक बन्न यो क्षेत्रमा आएका थिए । अब निर्देशकको तल रहेर उनकै निर्देशनमा काम गर्ने चाह बोकेर आएका मानिसलाई नियतिले निर्देशक बनाएको छ ।

जे होस् अहिले अनमोललाई उजुरी गरेर सुदर्शनले फेरि आफ्नो सिनेमाको पब्लिसिटी गर्ने स्टन्ट त बनाएनन् ? भन्ने बजारमा केहीको हल्ला छ। तर स्टन्टकै लागि त एउटै उद्योगका कलाकार अनमोल माथि यस्तो कार्य सुदर्शनले नगर्नुपर्ने भन्ने पनि केहीको राय छ। अब कानुनी प्रक्रियामा गएको विषयलाई स्टन्ट भन्ने कि अरु नै त्यो त अब अदालतको फैसलाले बताउला।