Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

पाख्रिनको ‘धुन’ सार्वजनिक

काठमाडौं : गायिका रमला पाख्रिनको गीत ‘धुन’ सार्वजनिक गरिएको छ । एकिकृत समृद्धि नेपाल बाल आश्रममा आश्रीत ३५जना अनाथ बालबालिकाको हातबाट पाख्रिनको गीत बिमोचन गरिएको हो ।
शुक्रबार बालबालिका र गायिका पाख्रिनले संयुक्त रुपमा गीत सार्वजनिक गरेका थिए । सो अवसरमा पाख्रिनले आफ्नो गीत गाएर सुनाएकी थिइन भने बालबालिकाहरु नाचगान गरेर रमाएका थिए ।

द्वन्द्व पिडित तथा अति विपन्न अनाथ बालबालिकालाई आश्रय दिइरहेको आश्रममा १४ जिल्लाका बिभिन्न उमेर समुहका बालबालिकाहरु रहेका छन् । बिगत १३ वर्ष देखि सञ्चालनमा रहेको आश्रमले नै उनीहरुको शिक्षा सहित गाँसबासको व्यवस्था गर्दै आएको छ ।

गीत सार्वजनिक गर्दै गायिका पाख्रिनले आश्रमका लागि झण्डै एक महिना पुग्ने खाद्यान्न समेत हस्तान्तरण गरेकी थिइन । गायिका पाख्रिनको यो कदमले आफुहरुको पवित्र समाज सेवामा थप हौसला मिलेको संस्थाका अध्यक्ष भिम रोका मगरले बताएका छन् ।

सार्वजनिक गीतमा पाख्रिन र कमल खत्रीको स्वर र खत्रीकै शब्द तथा संगीत रहेको छ । यस्तै राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा मिरुना मगर र गणेशमान घलेको अभिनय, उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ ।

लोक भाकाका बिभिन्न बिधाका छ सय भन्दा बढी गीतमा स्वर दिएकी पाख्रिनका चर्चित गीतहरुमा ‘लाकपर योन्दोङ्ग’, ‘साइकोले कोऊ’, ‘रन्दा तपरिम’, ‘शिरैमा सिरफुल’, ‘सोह्र नपुग्दै’लगायत रहेका छन् ।