Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

आफै सँग अलमलमा परेका अनमोल

काठमाडौं ।   नायक अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य भूमिका रहने सिनेमा ‘फर्कि फर्कि’को फस्टलुक भिडियो सार्वजनिक गरिएको छ । सिनेमाको छायांकन सुरु नहुँदै यसको निर्माण पक्षले टिजर सार्वजनिक गरेर निर्माण घोषणा गरेको हो ।

भिडियोमा नायक अनमोल केसीलाई फिचर गरिएको छ । आफैसँग अलमलमा परेका अनमोल केसीको सपना र विपनाको कथामा यो सिनेमा बन्ने फस्टलुक भिडियोबाट थाहा हुन्छ ।

सुयोग गुरुङको निर्देशनमा बन्ने सिनेमामा रोहित अधिकारी र ओम अग्रवालको लगानी रहने छ । सुयोगकै कथा तथा पटकथा रहेको यो सिनेमाम मनोज ओली र रामु न्यौपाने सह–निर्माता, आलोक शुक्लाको छायांकन रहने छ ।

सिनेमाको छायांकन तिहारको लक्ष्मीपूजाबाट सुरु गर्ने योजनामा निर्माता अधिकारी छन् । नायक अनमोल केसीले यो सिनेमा छायांकन अगाडि सुदर्शन थापाको निर्देशनमा बन्न लागेको सिनेमा ‘रावायण’का लागि समय दिएका छन् ।