Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा नपाएका निर्देशक, नायक र नायिकाको “मायावी”

काठमाडौं । सिने जगतमा एउटा सजिलो बाटो छ हातमा सिनेमा हुदैन । तर भन्दिनलाई मलाई चित्त बुझ्ने सिनेमा आएन भनिदियो सक्कियो । नायक पल शाह जेलमा हुदा यता मेकरले दर्जन बढी सिनेमा बनाईसकेका थिए उनलाई लिएर । कसैले त हिट भएर नाफा समेत कमाएका थिए “इम्याजिनेसन” मै भए पनि ।

तर त्यसो भएन । उनी आए आफ्नो रेट बढाए । उ बेला देखि मेरो सिनेमाबाट कमब्याक गर्छन भन्दै हिन्नेलाई पिठ फर्काए । अनि आफै मेकर बन्न पनि खोजे । निर्देशक खोजी हिडे कथा बोकेर । तर दु:खद उनी रित्तै भए । उनलाई कसैले पत्याएनन ।

यता अर्की नायिका दीपिका प्रसाईको उहीँ हाल छ । ऐश्वर्याबाट अभिनय यात्रा सुरु गरिन । लगत्तै उनले निर्देशक संगै बैवाहिक यात्रा पनि सुरु गरिन । दिवाकर भट्टराई र उनको विवाह र प्रेम राम्रो संग अघि बढिरहेको बुझ्न सामाजिक संजाल हेरे पुग्छ ।

तर दुबैको सिने करियर भने न यता न उताको बनेर रहेको छ । दीपिका त्यस पछि दिपक दिपा टिमकि सिनेमामा देखिइन । तर त्यही छायाँ मै परिन । यता दिवाकरले पनि ‘क्याप्टेन’मा क्याप्टेनसीप निभाए । तर अत्यन्त कच्चा ।
त्यस पछि समय समयमा दिवाकर सिनेमा अनाउन्स गरिरहन्छन । आफ्नी श्रीमती नायिकालाई लिएर । तर घोषणा मात्रै ।

यस पटक यी तीनको सहकार्यमा “मायावी” बन्ने चर्चा चल्न थालेको छ । सिनेमा असोज २ गते बाट फ्लोरमा जाने रे । तर अब यी खिच्नै बन्द गरिएका तीनको सहकार्य कस्तो होला ? सिनेमा बन्ला कि घोषणा मात्रै होला ? यो सब थाहा पाउन भने पर्ख र हेर कै स्थिति रहने छ ।