Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

नाङ्गो गाउँको “सुन सुन सुन्दरी” सार्वजनिक

काठमाडौं ।  सिनेमा ‘नाङ्गो गाउँ’को ‘सुन सुन सुन्दरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अन्जु पन्त र एस डी योगीको स्वर, सुष्मा सिग्देलको शब्द तथा सुशान्त गौतमको संगीत छ ।

गीतको भिडियोमा नायक दयाहाङ राई र नायिका मिरुना मगर फिचर्ड छन् । यसअघि सिनेमामा समावेश एक गीत सार्वजनिक भैसकेको छ भने सिनेमाको टिजर र ट्रेलर दर्शकमाझ निकै रुचाइएको छ ।

यो गीत चित्लाङमा छायांकन गरिएको हो । रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा आलोक शुक्लाको छायांकन छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो सिनेमामा जय श्रेष्ठको लगानी छ । सिनेमाका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् भने बनिष शाहको सम्पादन रहेको छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको सिनेमामा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, बुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ । सिनेमा आगामी भदौ २९ गतेबाट रिलिज हुदै छ ।