काठमाडौँ । सुहाना थापा ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमा ‘एक भगवत् गीता’ को ट्रेलर सार्वजनिक भएको छ । यहि भाद्र २९ गतेबाट रिलिज हुने सिनेमामा कमला माईको भुमिकामा अभिनेता विपिन कार्की देखिएका छन् ।

विशेषगरि उनकै पृष्ठभुमिका ट्रेलरलाई प्रस्तुत गरिएको छ । सुनिल कुमार थापा प्रस्तुतकर्ता रहेको सिनेमा झरना थापाले निर्देशन गरेकी हुन् ।
‘एक भगवत् गीता’मा विपिन र सुहानासँगै कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रेअर राईलगायतको पनि अभिनय छ । सिनेमामा हर्कुलस बस्नेत, आशिश अविरल र प्रवेश मालिकको संगीत रहेको छ ।

यस्तै कविराज गहतराजको कोरियोग्राफी, हिामाल केसीको एक्शन, शैलेश श्रेष्ठको ब्याकराउण्ड स्कोर, मित्र डि. गुरुङको सम्पादन सिनेमामा छ । सिनेमालाई काठमाडौंमा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर श्री कृष्ण फिल्मस्ले वितरण गर्दैछ ।