Sur Cinema

रघुको सिनेमामा मुकुन अनुबन्धित

काठमाडौँ ।  मुकुन भुसाल नया सिनेमामा अनुबन्धित भएका छन । उनका दुई सिनेमा “गणपति” र ‘ऐँचो पैँचो’ रिलिज संगै उनी नया सिनेमामा जोडिएका हुन ।

जनैपूर्णिमाको अवसर पारेर रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने अनटाइटल सिनेमाको औपचारिक घोषणा गर्दै मुकुन जोडिएको जानकारी दिइएको हो ।

पारिवारिक कथामा बन्ने सिनेमामा डेब्यु अभिनेता मिलन मिश्र पनि अनुबन्ध भएका छन् । दुई अभिनेत्रीको खोजी कार्य भईरहेको निर्माण पक्षले जानकारी दिएको छ ।

रघुनाथ सापकोटाको कथा,सुनील निउरेको पटकथा सम्बाद रहने सिनेमा नबिन भट्टले निर्देशन गर्नेछन्। ज्ञानेन्द्र शर्मा हुमागाईले छायाँकन गर्ने सिनेमामा अर्जुन पोखरेलको संगीत रहने छ।

रघुनाथ सापकोटाको प्रस्तुतिमा निर्माण हुने सिनेमा असोज पहिलो साताबाट फ्लोरमा जाने तयारीमा रहेको छ।