Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

वर्षा भन्छिन,”असन्तुष्टि भए प्रमोसनमा हिड्ने थिइन”

काठमाडौं
सिनेमा ‘ऐँचो पैँचो’ प्रदर्शनको लागि तयार छ । प्रमोसनमा टिम जोडतोडले लागेको छ । यही बिच केही विवाद पनि आई नै रहेका छन । वर्षा राउतको रोल काटिएको, सानो रोल दिएको जस्ता आरोपहरु रहेका छन । र यी सबै आरोपको स्पष्टिकरण उनले दिएकी छन ।

“मेरो रोल काटिएको भए अहिले प्रमोसनमा हिड्ने  थिइन । मलाई चित्त बुझेन त्यसैले आउदिन भन्ने थिए ।” उनले बताएकी छन । पोष्टरमा पछाडी राखेको, ट्रेलर, टिजरमा कम स्पेस दिएको भन्दै समाचारहरु बनेका थिए । त्यस्तै प्रमोसनमा बर्षा नपुग्दा उनी माथी टिम असहिष्णु भएको भन्दै खबर बनेका थिए । तर उनले टिम संग कुनै गुनासो नभएको स्पष्ट पारेकी छिन ।

यही क्रममा स्वस्तिमा खड्काले पनि रोल चित्त नबुझेको भए वर्षाले सुरुमा नै काम गर्ने थिईनन होला भनेकी छन । उनले बर्षालाई भन्दा पनि समाचार बनाउनेहरुलाई पो चित्त नबुझेको हो कि ? भन्दै कटाक्ष गरेकी छिन ।