Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

यो अवार्ड कि पिकनिक ?

काठमाडौं
हुन त अवार्ड होस या पिकनिक कुरा त उहीँ उत्सव कै हो । तर यी दुई बिच धेरै भिन्नता पनि छ । उत्सव बाहेक सबै भिन्न भन्दा पनि फरक नपर्ला ।

अवार्ड विवादित हुन्छन । विश्व भर कै अवार्डमा असन्तुष्टि र विवाद जोडिएरै आउँछ । अझ नेपालका अवार्ड त के का लागि आयोजना हुन्छन सबै जानकार नै छन ।

यस्तोमा पिकनिक झै लाग्ने एक अवार्ड बिदेशमा आयोजना हुने भएको छ । पिकनिक यस अर्थमा कि अवार्डको पोस्टर सार्वजनिक भएको छ । जहाँ अटेसम्मका कलाकारलाई गुन्द्रुक खादे झै खादिएको छ ।

अमेरिकाको न्युयोर्कमा हुन लागेको “ग्लोवल नेपाली फिल्म अवार्ड” को पोस्टरमा हो यति धेरै कलाकार समेटिएको । हुन त आधाआधी कलाकार उतै हुनुहुन्छ । अगष्ट १२ मा अर्थात अबको २ दिनमा हुने भनिएको अवार्डमा नीर शाह, शिव श्रेष्ठ, भुवन केसी,कृष्ण मल्ल, सुनिल थापा, शर्मिला मल्ल, प्रियंका कार्की, अनमोल केसी, सरोज खनाल ,दिलिप रायमाझी ,मेलिना मानन्धर ,ऋचा घिमिरे ,जल शाह ,पुजा चन्द (लामा),अरुणिमा लम्साल , निखिल उप्रेती ,सारङ्गा श्रेष्ठ ,शंकर घिमिरे ,स्वस्तिमा खड्का, आयुष्मान देशराज जोशी, रेश्मा घिमिरे लगायतका सहभागिता हुने बताइएको छ ।

आयोजक त यस समारोहमा ५ दर्जन भन्दा बढी कलाकारहरुको जमघट हुने भन्दै आएका छन । यत्रो कलाकार एक साथ उपस्थिती हुन सके त गज्जब नै हो । तर केही समय अघि नेफ्टा फिल्म अवार्ड अमेरिकामा हुने भनियो । अन्तमा विवादका कारण उक्त अवार्ड हुन सकेन । बिदेशमा अवार्ड गर्ने तर आधा बढी मानिस उतै छोड्ने र नजानिदो रुपमा आयोजकले मानव तस्करी गरिरहेको सुन्नमा आएकै बिषय हो । अब यस्तोमा यो पोस्टर (भिड) मा भएका कति कलाकार उता पुग्लान ? र कति फर्केलान कति उतै बस्लान ? यो भने हेर्न बाकिँ छ । अझ भन्दा यो अवार्ड पनि हुने भन्दै नहुने पो हो कि ?  यो पनि शंका चै रहन्छ नै ।