Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

दाईको नाम कस्ले भन्छ ? त्यो पनि नसोधी !

काठमाडौं : रियालिटी शो’मा केको जाँच गरिन्छ ? अति सामान्य जवाफ छ, प्रतियोगीको क्षमताको । तर शोहरु यस्ता सिधा लाइनमा चल्दैनन् । भावना बेचेर, आँसु बेचेर चर्चा कमाउनमा यस्ता शो झैँ अघि सायदै केहि या कोहि होलान् ।

हिमालयन रोडिजको पाँचौ सिजनको कुरा गरौं।
शो’मा कसैले दाजुको नाम सोध्छ ? अझ फर्ममा दाजुको नाम नै छैन भन्दै वाहवाही गर्छ ? सोझो तरिकाले सोच्ने मानिसको जवाफ गर्दैन भन्ने नै हुन्छ । तर यहाँ त चर्चाको भोक छ । कमाउनु पर्ने बाध्यता छ ।

रोशनी शाही यो सिजनकी प्रतिस्पर्धामा छानिएकी छिन् । र उनलाई होस्टको रुपमा आएका सुरज सिंह ठकुरीले आफू भएको भए फर्ममा दाजुको नाम कहिँकतै घुसाउँथे भन्दै वाहवाही गरेका छन् ।
उनी पल शाहकी बहिनी हुन् । त्यही कारण शो’का व्यक्तीहरुको बिचारमा पलको नाम उनले घुसाउनु पर्ने थियो भन्ने रहेछ । दिया मास्के बाहेक सबैको सोच त्यस्तै देखियो ।

टिकटकमा एउटा क्लिप्स भाइरल छ । जहाँ बाबू आमासँगै दाजुको नाम सोधिएको छ जसको कुनै तुक छैन । रोशनीलाई दाजुको नाम नबेचेको भन्दै शो सन्चालकले टिआरपी बढाउने आसमा पललाई बेचेको स्पष्ट नै हुन्छ । जज फेरेकोमा दर्शक असन्तुष्ट छन् नै । अब यस्ता सस्ता स्टन्टले अझ दर्शक भड्किए भने ?